विदेशी राजदूतहरु बग्गी चढेर पुगे शीतल निवास

विदेशी राजदूतहरु बग्गी चढेर पुगे शीतल निवास

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार वटा मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । 

अजरबैजानका एल्चिन हुसेन्ली, कोलम्बियाा डा.भिक्टर इचेभेरी जारामिलो, नेदरल्याण्डकी मारी लुइसा जेरार्ड्स र इस्टोनियाका मार्जे लुपेले ओहोदाको प्रमाणपत्र पेश गरेको बताइएको छ ।

राजदूतहरुलाई त्यसअघि लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

टिप्पणीहरू