चराका नयाँ प्रजातिबारे अध्ययन गर्न ‘बर्ड–लभिङ्ग विक’

चराका नयाँ प्रजातिबारे अध्ययन गर्न ‘बर्ड–लभिङ्ग विक’ फोटो : सिन्ह्वा

चीनको सांघाईमा रहेको डिज्नी रिसोर्टले ‘४२ औं सांघाई बर्ड–लभिङ्ग विक’ सञ्चालन गरेको छ । सो अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा १२१ प्रजातिका चराको अवलोकनको व्यवस्था मिलाइएको बताइएको छ । 

विशिङ स्टार पार्कमा अस्तिदेखि शुरु भएको कार्यक्रममा १२१ प्रजातिका चरा देखाइएको हो । सन २०१५ देखि रिसोर्टले हरेक महिना चरा अवलोकनका गतिविधिहरु सञ्चालन गर्दै आएको छ । पार्कले जाडोमा प्रवासी चरालाई बस्ने ठाउँ प्रदान गर्दै आएको बताइएको छ । यो पार्क शहरी क्षेत्रबाट निकै नजिक छ तर पनि यहाँ जंगली गिज र हाँसहरु सबैभन्दा ठूलो संख्यामा पाइन्छन् । 

गत फेब्रअरीमा पंक्षी अवलोकन कार्यक्रम राखिएको थियो । ‘ग्यालेरिओला माल्दिभरम’ नामको चरा हालैको अवलोकनको क्रममा फेला परेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उक्त चरा २० देखि २८ सेन्टिमीटर लामो छ । छोटो मुख, लामो पँखेटा, कालो पुच्छर र सेतो कम्मर भएको चरो निकै आकर्षित देखिन्छ । यसको पँखेटामुनिका प्वाँखहरु खैरो र रातो रङ्गको हुन्छ ।

 

त्यसैगरी यसको आनाबानी घरेलु निगल चराजस्तै भएको जानकारी दिइएको छ । ‘सांघाई वाइल्ड बर्ड सोसाइटी’ का प्रमुख याओ लीका अनुसार सांघाईमा चराका गतिविधि अवलोकन गर्न थालिएको दुई दशकभन्दा बढी भइसकेको छ । अवलोकन कार्यक्रममा सयौंले नियमित रुपमा भाग लिने गरेको उनको अनुभव छ । चराबारे अध्ययन गर्न चाहनेलाई यस्तो भ्रमण निकै प्रभावकारी हुने गरेको पाइएको छ ।

यस पटकको अवलोकन कार्यक्रम अप्रिल १६ तारिखसम्म सञ्चालन हुनेछ । कार्यक्रम सांघाई वन्यजन्तु ब्यूरो र सांघाई वन्यजन्तु संरक्षण संघको साझेदारी र रिसोर्टको सहआयोजनमा भइरहेको छ । 

 

टिप्पणीहरू