तातोपानी नाका बन्द, बैशाख १८ देखि पूर्णरुपमा सञ्चालनमा ल्याइने

तातोपानी नाका बन्द, बैशाख १८ देखि पूर्णरुपमा सञ्चालनमा ल्याइने

चीनको तिब्बतसँग जोडिएको मुलुकको सबैभन्दा पुरानो तातोपानी नाका आजदेखि पाँच दिन बन्द गरिएको छ । बैशाख १८ देखि पूर्णरुपमा सञ्चालनको तयारीका लागि नाका र तातोपानी बन्दरगाह बन्द गरिएको जनाइएको छ । 

चीनले पाँच दिनपछि आंशिक र बैेशाख १८ गतेदेखि पूर्ण रूपमा नाका सञ्चालनको तयारी गरेको भन्सार कार्यालयले जनाएको छ । सोही दिनदेखि हुम्लाको हिल्सा नाका पनि खुल्ने छ । रसुवागढी नाका चैत १८ गतेदेखि खुलेको हो । दुई मुलुकबीचको सबै सीमानाका कोभिड महामारीपछि तीन वर्षअघि बन्द गरिएको थियो ।
 

टिप्पणीहरू