आफ्नो पक्षमा निर्णय गराउन अरनिकोको भेला
अरनिको यातायात व्यवसायीले आफ्नो पक्षमा निर्णय गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको प्राङ्णमा सहचालक, चालकहरुको भेला गरेको छ । वार्ताको निम्ति ललितपुरको बालकुमारीस्थित महासंघको केन्द्रीय कार्यालयमा भेला भएकोमा आफ्नो पक्षमा निर्णय गराउन अरनिको यातायात व्यवसायीले सहचालक, चालकहरुले भेला गरेको बताइएको छ ।
व्यवसायीले विभिन्न जिल्लाका ५ दर्जनभन्दा बढी सहचालक, चालक महासंघको प्राङ्णमा भेला गरेको हो । हिजो राजधानीदेखि पूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेका अरनिको यातायात व्यवसायी र गणेश हिमाल यातायात व्यवसायीबीच रुटको विषयमा विवाद चर्किएको थियो ।
सोही विषयमा वार्ता गर्न अरनिको यातायात व्यवसायी महासंघका अध्यक्ष केदार क्षेत्री, गणेश हिमाल यातायात व्यवसायी संघका अध्यक्ष आत्मराम थापा र यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायत झण्डै एक दर्जनको उपस्थितिमा आज दिउँसो ३ बजेदेखि बैठक बसेको थियो ।
तर, अरनिको यातायात व्यवसायीले छलफलको क्रममा आफ्नो पक्षमा निर्णय गराउन दबाब स्वरुप सहचालक, चालक भेला गरेको बताइएको छ ।
टिप्पणीहरू