काठमाडौँ आएको इथियोपियन एयरको जहाज दिल्ली मोडियो
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुपर्ने इथियोपियन एयरको ‘ईटी८८०६’ को जहाज डाइभर्ट गरिएको छ । चार्टर्ड उडानमार्फत आएको जहाज भारतको राजधानी नयाँ दिल्लीतर्फ ड्राइभर्ट गरिएको हो ।
उक्त जहाजलाई बिहान साँढे ७ बजेका लागि अवतरणको अनुमति दिइएको थियो । तर, समय तालिकाअनुरुप दुई घण्टासम्म पनि ट्रान्जिट हुन नसकेपछि जहाजलाई दिल्ली पठाईएको हो ।
नयाँ तालिका बनाएर १२ बजेर १० मीनेटमा जहाज अवतरण गरिएको छ । उक्त जहाज आजै दिल्ली हुँदै इथियोपिया फर्किने तालिका रहेको छ ।
टिप्पणीहरू