प्रधानमन्त्री कार्यालय पुगे मिर्गौला पीडितहरु

प्रधानमन्त्री कार्यालय पुगे मिर्गौला पीडितहरु

मिर्गौला पीडितहरुको एउटा समूह आज सिंहदरबार पुगेको छ । उनीहरु आफ्ना समस्या समाधानको निम्ति आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गएको बताइन्छ । 

दिउँसो साढे ३ बजे गएका उनीहरुले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीसँग केहीबेर कुराकानी गरेका हुन् । पीडितहरुको तर्फबाट बलराम सुवेदीले आफ्ना कुरा राखेपछि टोली ४ बजेको समयमा त्यहाँबाट बाहिरिएका हुन् ।

टिप्पणीहरू