दलाई लामाले बालकलाई जीब्रो चुस्न लगाए,चर्को विरोधपछि माफी मागे
तिब्बती निर्वासित धार्मिक नेता दलाई लामा विवादमा फसेका छन् । एक बालकलाई आफ्नो जीब्रो चुस्न लगाएपछि उनको चर्को आलोचना भएको बताइन्छ ।
उत्तरी भारतस्थित धर्मशालामा ८७ वर्षीय लामाले बालकलाई जीब्रो चुस्न लगाएको फोटो र भिडियो सार्वजनिक भएपछि तीव्र असन्तोष बढेको छ । उनले उक्त कार्य गत फेब्रुअरी २८ का दिन गराएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोमा लामाले बालकलाई अंगालेपछि उनले ओठमा चुम्बन गरेको देखिन्छ । ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जीब्रो चुस्न सक्छौ ?’ भनेर सोधेका थिए ।
उनको हर्कतको विरोध गर्दै ट्वीटरमा ‘ट्रेण्ड’ नै शुरु भएको थियो । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेकी छन्, ‘लामाको यो हर्कत देखेर म स्तब्ध भएँ । विगतमा पनि उनले धेरै यौनवादी टिप्पणी गरेका थिए । त्यसका लागि पनि उनले माफी माग्नुपर्छ । एउटा सानो बालकलाई जीब्रो चुस्न लगाउनु अत्यन्तै घृणित छ ।’
चर्को आलोचनापछि लामाले माफी मागेका छन् । माफी माग्दै उनले आफूलाई भेट्न आउनेसँग निर्दोष तवरले जिस्किने गरेको उल्लेख गरेका छन् । घटनाबारे पश्चाताप गर्दै लामाले भनेका छन्,‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी चाहन्छु ।’दलाई लामामाथि समलिङ्गी सम्वन्धमा रहने गरेको समेत आरोप छ ।
टिप्पणीहरू