भोलिदेखि कञ्चनपुर प्लास्टिक झोलामुक्त हुने
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले प्लास्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । आगामी वैशाख १ गतेदेखि जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाउन तयारी गरिएको बताइएको छ ।
२०७८ भदौ २८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार ४० माईक्रोनभन्दा कमको प्लास्टिकको झोला उत्पादनदेखि प्रयोगसम्ममा निषेध गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत कृष्णनन्द जोशीले बताए ।
निर्णय कार्यान्वयनको निम्ति प्रभावकारी रुपमा बजार अनुगमनसमेत गरिने उनको भनाइ छ । त्यस्तै, कसैले प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग गरेको पाइएमा जफत गरेर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।
टिप्पणीहरू