बिरामीको पेटभित्र भोड्काको बोत्तल

बिरामीको पेटभित्र भोड्काको बोत्तल

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल (क्वाटर) भेटिएको छ ।  

अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार उपचारका लागि आएका धनगढी, फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्का मगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

टिप्पणीहरू