अध्यक्षकाे घरमा कसले राख्यो बम ?

अध्यक्षकाे घरमा कसले राख्यो बम ?

रुपन्देही जिल्लाकाे सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेकाे छपियास्थित घरमा बम भेटिएकाे छ । आज भेटिएकाे प्रेसर कुकर बम सुरक्षाकर्मीले समयमै डिस्पोज नगरेकाे भए ठूलाे दुर्घटना हुने थियाे । तर समयमै सूचना पाइएकोले कम्पाउन्डभित्रकाे उक्त बम सहजै डिस्पाेज हुन सक्यो ।

अध्यक्ष घिमिरेले अज्ञात समूहले अाफ्नो घरमा बम राखेकाे बताए । उनले जनअास्थासँग भने," मधेश पिपुल्स पार्टी नामकाे पर्चासहित बम राखेकाे रहेछ । मैले देख्नासाथ खबर गरेँ । प्रहरी र सेनाकाे बम डिस्पाेजल टिमले सुरक्षितसाथ डिस्पाेज गर्याे । तर त्याे नाम गरेकाे पार्टी मैले अहिलेसम्म सुनेकाे छैन ।" 

आफ्नाे घरमा किन बम राखियाे भन्ने बिषयले यतिबेला सताइरहेकाे उनले बताए । उनले अगाडि भने, " साँझ एउटा विदेशी नम्बरबाट फाेन अाएकाे थियाे,उठाइन । प्रहरीलाई उक्त नम्बर दिएकाे छु । मेराे घरमा किन र के काेलागि बम राखियाे परिवारले तनाव लिएका छन् । " 

नेपाली कांग्रेसबाट निर्वाचित घिमिरे ईट्टा ब्यवसायीसमेत हुन् । उनकाे घरमै लगेर बम राख्ने त्याे पनि नक्कली नभई सक्काली ? किन र कसले गर्याे ? याे साेचनीय तथा गम्भीर बिषय भएकाे छ । तराईमा अस्तित्वमा नै नभेटिएकाे मधेश पिपुल्स पार्टीकाे पर्चा भेटिनु गम्भीर बिषय हाे ।

यसले तराईमा फेरि चन्दा अातंक शुरु भएकाे हुनसक्ने आंकलन गरिएकाे छ । गाउँपालिकाहरुमा विभिन्न भूमिगत समूहले चन्दा माग्ने,नदिए धम्काउने विगतकाे नजिर छ । 

सियारी गाउँपालिकाले तिनाउ नदीकाे अधिकांश घाटमा नदीजन्य पदार्थ उत्खननकाेलागि ठेक्कासमेत लगाउने गर्दछ । करोडौकाे उक्त ठेक्काकाे काम भरखरै शुरुसमेत भएकाे छ । उक्त ठेक्कामा अलि बढि नै चलखेल हुने गर्दछ । साेही ठेक्कालाई प्रभावित गराउन पालिका अध्यक्षलाई धम्काउने ध्येयले उक्त कार्य भएकाे हुन सक्ने एकथरिले आंकलन गरेका छन् ।

टिप्पणीहरू