दुई सातादेखिको धर्नामा १० जनाको उपस्थिति
माइतीघर मण्डलाको छेउमा बिहानैदेखि धर्ना शुरु भएको छ । लघुवित्त संस्थाहरुविरुद्ध आन्दोलन गर्दै आएको संघर्ष समिति नेपालले आज पनि धर्ना थालेको बताइएको छ । आज १३ औं दिनको धर्ना शुरु भएको समिति अध्यक्ष मनिराम ज्ञवालीले बताएका छन् । उनीसहित १० जनाको उपस्थितिमा विरोध कार्यक्रम शुरु भएको हो ।
उनीहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरूमा लगाइएको सामूहिक ऋण मिनाहा गर, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्र विकास गरलगायत नारा लेखिएको प्लेकार्ड र ब्यानर प्रदर्शन गर्दै आएका छन् ।
टिप्पणीहरू