सम्झौता नवीकरणको माग गर्दै टेलिकम मुख्यालय बाहिर धर्ना

नेपाल टेलिकमको मुख्यालय, भद्रकालीमा त्यहाँ कार्यरत करारका कर्मचारीहरु बिहानदेखि धर्नामा बसेका छन् । टेलिकममा कार्यरत कर्मचारीलाई अप्रत्याशित तवरले निश्कासन गरेको भन्दै उनीहरुले विरोध कार्यक्रम गरेको बताएका छन् । 

टेलिकममा गरुड कम्पनीको तर्फबाट कार्यरत सुरक्षागार्डलगायत कर्मचारीहरुको सेवा अस्ति १ गतेदेखि समाप्त भएपछि उनीहरु धर्नामा बसेका हुन् । गरुड र टेलिकमबीच भएको सम्झौताको म्याद सकिएपछि उनीहरु पनि सेवामुक्त भएको टेलिकमका अधिकारीहरुले बताएका छन् । 

तर धर्नाकारीहरुले पुनः गरुड कम्पनीसँगै सम्झौता नवीकरण गरेर आफूहरुको सेवालाई निरन्तरता दिनुपर्ने माग राखेका छन् । बैशाखको टण्टलापुर घाममा दर्जनौं आन्दोलनकारी टेलिकम बाहिरको सडकमा धर्नामा बसेका हुन् ।

टिप्पणीहरू