परराष्ट्रमन्त्रीलाई पाकिस्तानी समकक्षीको बधाई
परराष्ट्रमन्त्री एनपी साउदलाई पाकिस्तानी समकक्षीले बधाई दिएका छन् । मन्त्री साउदलाई पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जरदारीले बधाई तथा शुभकामना दिएका छन् ।
भुट्टोले दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विकसित तुल्याउने कार्यमा मन्त्री साउदसँग सहकार्य गर्न तत्पर रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
टिप्पणीहरू