नेपालको हिमालमा भारतीय र पाकिस्तानी सङ्ग सङ्गै
अन्नपूर्ण हिमाल आरोहण गर्न गएका भारतीय र पाकिस्तानी आरोहीमध्ये भारतीय नागरिक बेपत्ता भएका र पाकिस्तानी आरोहीले भने सफल आरोहण गरेको पाइएको छ ।
अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट हिजो भारतीय आरोही अनुराग मालु बेपत्ता भएका छन् । ३४ वर्षे मालु राजस्थान,किशनगढका हुन् । आरोहण सफल नभएपछि आधार शिविरतिर फर्कने क्रममा चिप्लिएर बेपत्ता भएको बुझिएको छ । उनी ८ हजार मीटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण गर्ने लक्ष्यमा थिए ।
आठ हजार ९१ मीटर अग्लो अन्नपूर्ण प्रथमको पाकिस्तानी आरोही सजिद अलि सद्पराले सफल आरोहण गरेका छन् । उनी उक्त हिमाल आरोहण गर्ने प्रथम आरोही हुन् । उनले आरोहणमा कुनै सहयोगी र अक्सिजनको सहायता नलिएको पब्लिक डिप्लोमेसी पाकिस्तानले जनाएको छ ।
टिप्पणीहरू