मितेरी पुलमा नेपाल र चीनका डेढ दर्जन अधिकारी
नेपाल र चीनको सीमानामा रहेको सिन्धुपाल्चोकस्थित कोदारीको मितेरी पुलमाथि दुई मुुलकका सरकारी अधिकारीहरुले सामूहिक फोटो खिचेका छन् । झण्डै डेढ दर्जन अधिकारीहरुले द्विपक्षीय बैठककको क्रममा उक्त फोटो खिचेको बताइएको छ ।
कोरोना महामारीपछि बन्द रहेको तातोपानी नाका खुलाउन र सीमा सुरक्षाका विषयमा छलफल गर्न नेपाल र चीनका अधिकारीहरुबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा छलफल भएको जानकारी दिइएको छ ।
बैशाख १८ गतेदेखि तातोपानी नाका नियमित रुपमा सञ्चालन गर्ने तर सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण र सुरक्षाको विषयलाई प्राथमिकता दिने सहमति पनि भएको छ ।
टिप्पणीहरू