फ्लाइ दुबईको जहाज सिङ्गल इन्जिनको भरमा नेपालको आकाशमा धेरै चक्कर मारेर सोझै दुबई प्रस्थान
एक छिनअघि काठमाडौंबाट दुबईको लागि उडान भरेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगलागी भए पनि केही बेर नेपालको आकाशमा फन्को लगाएपछि दुबई गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता, ज्ञानेन्द्र भुलका अनुसार विमानको आगो लागेको इञ्जिन आकाशमै सहज बनेको खबरपछि दुबई उडेको हो । धादिङमाथि पुगेपछि काठमाडौंमा अवतरण गराउन खोजिएको विमानलाई केहीबेर २८ हजार फिटमाथि होल्ड गराइएको बताइन्छ ।
अहिले विमान नेपालको आकाशबाट बाहिरिसकेको छ । एफजेट ५७६ उडान नम्बरको उक्त जहाज उडेको केही क्षणमै आकाशमा इञ्जिन पड्केको थियो । विमानमा रहेका १ सय ६२ जना यात्रु सकुशल रहेको र इञ्जिनसमेत ठीक अवस्थामा भएको पाइलटले काठमाडौं विमानस्थलस्थित एअर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए ।
टिप्पणीहरू