गोरखाको बारपाकमा बिदा
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेको छ । आठ वर्षअघि गएको महाभूकम्पमा ज्यान गुमाएकाको सम्झनामा कार्यक्रम मनाउन बिदा दिइएको बताइएको छ ।
२०७२ बैशाख १२ तगे बारपाक सुलीकोटको वडा नम्बर १ र २ क्षेत्र केन्द्रबिन्दु बनाएर मध्यान्ह १२ बजेको समयमा ७.८ म्याग्निच्युडको महाभूकम्प गएको थियो । सोही भूकम्प स्मृति दिवसको अवसरमा बिदा दिइएको पालिकाले जनाएको छ ।
गाउँपालिकामा आज आयोजित भूकम्प स्मृति सम्बन्धी विशेष कार्यक्रममा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ साढे १० बजे सेनाको हेलिकोप्टरमा त्यता जाँदै हुनुहुन्छ ।
टिप्पणीहरू