बिहानै काठमाडौं उत्रेको भारतीय न्यायाधीश टोली सोझै पोखरा प्रस्थान
नेपाल भ्रमणमा आएका भारतीय सर्वोच्च अदालतका न्यायाधीश काठमाडौं विमानस्थलमा ओर्लेर पोखरा जान लागेका छन् । श्रीमती र एक जना रजिष्ट्रारसँगै आएका उनी अहिले १२ बजे पोखरा उड्न लागेको बताइन्छ ।
न्यायाधीश एमएम सुन्द्रेश,श्रीमती शुभ सुन्द्रेश र रजिष्ट्रार बिहान पौने ९ बजे एअर इण्डियाको उडान नम्बर एआई २१३ मा नयाँ दिल्लीबाट आएका थिए ।
बुध्द एअरको उडानमा पोखरा गएपछि भोलि बिहान ९ बजे सोही एअरको उडानमा काठमाडौं फर्कने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
आगामी आइतबार बिहान साढे १० बजे एअर इण्डियाको उडानबाट नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू