छिमेकी मुलुकका न्यायाधीश काठमाडौंमा

छिमेकी मुलुकका न्यायाधीश काठमाडौंमा

आज एकाध घण्टाको अन्तरमा भारत, बंगलादेश र श्रीलंकन सर्वोच्च अदालतका न्यायाधीशहरु काठमाण्डौ आइपुगेका छन् । न्यायाधीशहरु काठमाडौंमा हुन लागेको जंगल,संरक्षित क्षेत्र र न्यायालयसम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी हुन आएको बताइएको छ । 

भारतीय सर्वोच्च अदालतका न्यायाधीश बिहान पौने ९ बजे एअर इण्डियाको उडानमा नयाँ दिल्लीबाट आएका हुन् । न्यायाधीश मुथुसामी मीनाक्षी सुन्दरेश श्रीमती र एक जना रजिष्ट्रारसँगै आएर मध्यान्ह १२ बजे पोखरा गएकाले कार्यक्रममा सहभागी हुन भोलि बिहान काठमाडौं फर्कने कार्यक्रम छ।

रिजनल सिम्पोजियम अन फरेष्ट एण्ड प्रोटेक्टेड एरियाज लेजिग्लेसन एण्ड जुरिस्प्रिुडेन्स: ब्रिजिङ ल एण्ड साइन्ससम्बन्धी सम्मेलनमा भाग लिन श्रीलंकाको सर्वोच्च अदालतका न्यायाधीश पनि आइपुगेका छन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यायाधीश यसन्थ कोडागोडा पिसी श्रीलंकन एअरको उडानमा पौने १२ बजे आइपुगेका हुन् ।

त्यसैगरी बंगलादेशको सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद नुरुज्जमान पनि तीन सदस्यीय टोलीका साथ सोही समयमा काठमाडौं आइपुगेका छन् । टोली विमान बंगलादेशको उडानमा पौने १२ बजे काठमाडौंमा आएको सम्मेलन आयोजकले जनाएको छ ।
 

टिप्पणीहरू