फ्लाई दुबईका कर्मचारीलाई विमानस्थल छिर्न दिइएन
नेपाल नागरिक उड्डयन प्राधिकरणले भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई कर्मचारीको पास रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको जानकारी दिएको छ ।
विनाप्रमाण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको क्रममा चरा ठोक्किएको भ्रमपूर्ण सूचना फैलाएकाले उनीहरुको पास निष्क्रिय बनाइएको प्राधिकरणले जनाएको छ । हिजो राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानको इन्जिनमा खराबी आएपछि पाइलटले एटीसीलाई जानकारी गराएका थिए ।
तर, फ्लाई दुबईले भने ट्विट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । यता प्राधिकरणले भौतिक रुपमा विमानस्थलमा गरेको निरीक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको उल्लेख गरेको छ ।
टिप्पणीहरू