चिनियाँ र रुसी रक्षामन्त्री नयाँ दिल्ली जाने, पाकिस्तानी जुमबाट सहभागी हुने

चिनियाँ र रुसी रक्षामन्त्री नयाँ दिल्ली जाने, पाकिस्तानी जुमबाट सहभागी हुने

भारतको राजधानी नयाँ दिल्लीमा केही छिमेकी मुुलुकका रक्षा मन्त्रीहरुको बैठक हुँदैछ । पर्सि हुन लागेको बैठकमा सांघाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरुका रक्षामन्त्री सहभागी हुँदैछन् । 

उक्त संगठनको वर्तमान अध्यक्षका रुपमा भारतले बैठक आयोजना गर्न लागेको बताइएको छ । नयाँ दिल्लीमा हुन लागेको बैठकमा सांघाई  सहयोग संगठनका सदस्यहरु कजाकिस्तान, चीन, पाकिस्तान, किर्गिजस्तान, रुस, ताजिकिस्तान, उज्बेकिस्तान र भारतका रक्षामन्त्रीले भाग लिँदैछन् । 

पाकिस्तानसँगै भारत सन् २००७ मा उक्त संस्थाको सदस्य बनेको थियो । यस पटकको बैठकमा सदस्य राष्ट्रबाहेक बेलारुस र इरानले पनि पर्यवेक्षकको रुपमा सहभागिता जनाउन लागेको बताइएको छ ।

भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कका अनुसार बैठक संगठनको उद्देश्यझैँ सदस्य राष्ट्रहरुको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप, सबै सदस्य राष्ट्रको समानता, आपसी समझदारीलगायतका सिद्धान्तमा आधारित हुने छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले सहभागी मुलुकका रक्षामन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तर, पाकिस्तानी रक्षामन्त्रीले इस्लामाबादबाटै भर्चुअल सहभागिता जनाउने उल्लेख छ ।

टिप्पणीहरू