चिनियाँ र युक्रेनी राष्ट्रपतिबीच टेलिफोन वार्ता
चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ । दुई सरकार प्रमुखबीच युक्रेनमा जारी युद्ध अन्त्यलगायत विषयमा भएको बताइएको छ ।
उता, अमेरिकाले चिनियाँ राष्ट्रपति र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन वार्ताको स्वागत गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले पछिल्लो फोन वार्ता सकारात्मक रहेको जनाएका छन् । किर्बीले भने, ‘हामी यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ । अमेरिकाले लामो समयदेखि यही कुरा भन्दै आएको छ ।’
अमेरिकाले युक्रेनबाट रुसले आफ्नो सेना फिर्ता बोलाएमा युद्ध तत्काल अन्त्य हुने बताएको छ । तर, रुसले आफ्ना सेना फिर्ता हुने कुनै सम्भावना नरहेको जनाइसकेको छ ।
टिप्पणीहरू