दुई दर्जन ठेकेदारको लाइन्सेन्स खारेज

दुई दर्जन ठेकेदारको लाइन्सेन्स खारेज

सरकारले दुई दर्जनभन्दा बढी निर्माण व्यवसायी (ठेकेदार)हरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको लाइसेन्स खारेज गरिएको हो । 

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न ती निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर, सो समयावधिभित्र नवीकरण नगरेकाले निर्माण व्यवसायी ऐन, २०५५ को दफा ७ को उपदफा (३) बमोजिम ती निर्माण व्यवसायीहरुको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि, टौदह कन्स्ट्रक्सन, झलक कन्स्ट्रक्सन प्रालि, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सिएम देवान निर्माण सेवा, पुनम श्री निर्माण सेवा प्रालि, नुम्बुर निर्माण सेवा प्रालि, सरस कन्स्ट्रक्सनको लाइसेन्स खारेज भएको हो । 

त्यस्तै, बराह कन्स्ट्रक्सन, न्यू हिमालयन विल्डर्स, न्यु जगत्र देवी निर्माण सेवा, ओझा कन्स्ट्रक्सन, मालिका निर्माण सेवा, युएस विल्डर्स, सेरावेशी महादेव निर्माण सेवा प्रालि, जोर पोखरी निर्माण सेवा, शेरा निर्माण सेवा प्रालि, शिरशिरे दिमालुङ्ग निर्माण सेवा, किलिमान्जारो कन्स्ट्रक्सन प्रालिको पनि लाइन्सेन्स खारेज भएको छ । 

यता कालिका निर्माण सेवा, जेवि विल्डर्स प्रालि, धमला निर्माण सेवा, ह्याङ्ला फ्याफुल्ला कन्स्ट्रक्सन प्रालि, जेपी एण्ड कन्स्ट्रक्सन, सुशिल निर्माण सेवा, सुरजमल सोनी एण्ड कम्पनी, विरौटा कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रालि, महालक्ष्मी निर्माण सेवा, विश्व निर्माण सेवा प्रालि, जुपिटर हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन प्रालि, युवराज कन्स्ट्रक्सन प्रालि र नरेश निर्माण कम्पनी सेवाको पनि इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जानकारी गराएको छ ।

 

टिप्पणीहरू