बालाजुको पेट्रोल पम्पमा महानगरको सिल

बालाजुको पेट्रोल पम्पमा महानगरको सिल

काठमाडौं महानगरपालिकाले बालाजुमा सञ्चालित एक पेट्रोल पम्पमा सिल गरेको छ । बालाजु चोकमै रहेको कोत: धुकु पेट्रोल पम्प सिल गरिएको  हो । मापदण्ड विपरित संचालन गरेको भन्दै महानगरले नगर प्रहरी खटाएर आज मध्याह्न १२ बजेको समयमा पम्प सिल गरेको बताइएको छ । 

सडक छेउमै सञ्चालित उक्त पेट्रोल पम्पका कारण सवारी जाम बढेको भन्दै खालि गर्न पटक-पटक आग्रह गर्दा पनि बेवास्ता भएपछि आज सिल गरिएको महानगरले जनाएको छ । पम्पमा सिल गर्न काठमाडौं महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरीहरु त्यहाँ पुगेका थिए ।


 

टिप्पणीहरू