स्थानीय सरकारी सेवाका लागि आवेदन आह्वान
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका प्राविधिकतर्फ चौथों तहका विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।
आज सूचना प्रकाशित गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको हो । आयोगका अनुसार खानेपानी तथा सरसफाई टेक्निसियन, असिस्टेन्ट सबइन्जिनियर, अमिन, नायव प्राविधिक सहायकलगायत दुई दर्जनभन्दा बढी पदका लागि दुई सय ६९ जना माग गरिएको छ ।
सूचनामा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको महिला र १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको पुरुष उम्मेदवारले दरखास्त दिन सक्ने उल्लेख छ । स्वास्थ्य सेवा पदका लागि भने १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
तोकिएको योग्यता पुगेका उम्मेदवारहरुलाई आगामी जेष्ठ ३ गतेसम्म अनलाइनबाट दरखास्त दिन आयोगले भनेको छ । परीक्षाबाट छनौट भएकाहरुको प्राथमिकताको क्रमअनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने भनिएको छ ।
टिप्पणीहरू