बर्षात्को रात प्लेन पड्काउने चरा नेपालमा मात्रै ?

बर्षात्को रात प्लेन पड्काउने चरा नेपालमा मात्रै ?

नेपाली आकाशमा सोमबार राति एउटा ठूलो हवाई दुर्घटना त टर्‍यो, तर वास्तविकताबारे गरिएका बनावटी कुराले समस्या निम्त्याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  ७ः०५५ को सेड्युल घचेट्दै राति ९ बजेर १९ मीनेटमा उडेको फ्लाई दुबईको एफजेड ५७६ जहाज रनवेभन्दा केही पर, ठूलो आवाजसहित किन पड्कियो ? आगोको झिल्कोसमेत देखिएको अवस्थामा किन चालक दलले आकस्मिक अवतरणको अनुमति मागेर पनि जहाज फर्काएन ? र, ४ घण्टाको बाटो एउटै इञ्जिनको भरमा उडान गर्ने जोखिम मोलियो ? यस्ता विषय प्रश्नमै सिमित छन् । उसले फर्कन्छु भनेकै कारण काठमाडौं विमानस्थललाई पूर्णतः इमर्जेन्सी स्ट्यान्डबाइमा राख्दै अवतरण र उडानको तयारीमा रहेका अरु थुप्रै जहाजलाई अन्यत्र होल्ड गराइएको थियो ।

अस्पतालहरु खाली गराउने काम पनि सँगै भयो । तर, काठमाडौंको तीन फन्को लगाएर फ्लाई दुबई भारत हुँदै अगाडि बढ्यो । विमानले भारतीय आकाश भेट्टाएपछि फ्लाई दुबईको मुख्यालयले विज्ञप्ति जारी गर्दै विमानमा चरा ठोक्किएको र त्यहाँको स्थानीय समयअनुसार १२ बजेर १४ मीनेट जाँदा अवतरण हुने जानकारी दियो । चालक दलले शुरुमा जहाजको दाहिने इञ्जिनमा बर्ड हिट भएको रिपोर्ट ग¥यो । सो विमान काठमाडौंबाट टेकअफ भइरहँदा पानी परेको थियो । एक त रातको समय, त्यसमाथि पानी परेको बेला आकाशमा चरा उड्ने सम्भावना निकै कम हुन्छ । यदि चरा ठोक्किएकै भए पनि ककपिटबाट दाहिने पखेटामा त्यस्तो हुन पुगेको कसरी निक्र्योल गर्न सक्छ चालक दलले ?

यदि विमानमा चरा ठोक्कियो र ठूलो आवाजसहित आगोको मुस्लो निस्कियो भने विमानस्थलको सघन दूरीमा रहेको जहाज कम्तिमा एकचोटि फिर्ता हुनुपर्ने अन्तर्राष्ट्रिय उड्डन मान्यता (एभिएसन नम्र्स) छ । यदि उक्त जहाज यहीं अवतरण भएको भए त्यसको इञ्जिनको पनि जाँच हुन्थ्यो । इञ्जिन वा अरु मेकानिकल खराब थियो भन्ने प्रमाणित हुँदा नेपाली आकाश र विमानस्थलको कुनै दोष हुने थिएन । फ्लाइ दुबईको मुख्यालयको चरावाला विज्ञप्ति र जहाज काठमाडौं नफर्काई त्रसित कूल १६९ यात्रुहरुसमेतलाई लिएर सोझै गन्तव्यतर्फको यात्राले केही न केही गडबडी त पक्कै देखाउँछ । यसो गर्दा आफ्नो गल्ती छोपिने र नेपाली आकाश असुरक्षित भन्दै उडान प्रतिबन्ध जारी राख्न युरोपियन युनियनलाई थप बल पुग्ने चाहिँ पक्का छ । 
 

टिप्पणीहरू