नेपाल डिजिटल पेमेन्ट्सका नयाँ सिईओले काम थाले

नेपाल डिजिटल पेमेन्ट्सका नयाँ सिईओले काम थाले

नेपाल डिजिटल पेमेन्ट्सले कम्पनीद्वारा सञ्चालित ‘नमस्ते पे’ का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीणराज पोखरेलले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । 

‘विस्तृत अनुसन्धान, कडा छनोट र भर्ना प्रक्रियापछि बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुशी छु,’ कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले भने । 

उनले थपे, ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसलाई मात्र नभई बैंकविहीनलाई पनि आधुनिक सेवा उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु ।’

पोखरेल धेरै अग्रणी बैंक, वित्तिय संस्था, भुक्तानी प्रणाली र फ्रिनटेक कम्पनीमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्रयाक रेकर्ड भएका व्यक्ति मानिन्छन् । यसअघि उनले एफवान सफ्रट इन्टरनेशनल र एमनेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । 

पोखरेलसित बैंकिङ्ग क्षेत्रको लामो अनुभव भएको बताइएको छ । उनले ग्लोबल, नबिल, बैंक अफ काठमाडौँ र हिमालयन बैंकमा विभिन्न पदमा काम गरिसकेका छन् । 

यसैगरी, युकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रुपमा पनि उनले काम गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू