शरणार्थी काण्डमा आरोपित टोपबहादुरका छोरालाई काठमाडौं ल्याइयो

शरणार्थी काण्डमा आरोपित टोपबहादुरका छोरालाई काठमाडौं ल्याइयो

सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने काण्ठमा संलग्न भएको आरोप लागेकामध्ये एमाले सचिव तथा पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई भैरहवाबाट काठमाडौं ल्याइएको छ । उनी हिजो राति बुटवलमा पक्राउ परेका हुन् ।

सन्दीपलाई प्रहरीले आज बिहान बुद्ध एअरको उडान नम्बर बिएचए ८०६ मा साढे ९ बजे काठमाडौं ल्याइएको हो । विमानस्थलबाट सोझै काठमाडौं परिसर टेकू पुुर्याइएका उनलाई प्रारम्भिक बयानपछि मध्यान्ह जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

सन्दीपलाई हिरासतमा राखेर आवश्यक अनुसन्धानकोे निम्ति म्याद थप गर्न जिल्ला अदालतमा लैजान लागिएको हो ।

टिप्पणीहरू