भोलि ललितपुरको सातदोबाटोमा मासु बेच्न नपाइने

भोलि ललितपुरको सातदोबाटोमा मासु बेच्न नपाइने

ललितपुरको सातदोबाटो क्षेत्रमा भोलि मासु बेच्न बन्देज गरिएको छ । 

ललितपुर महानगरपालिका १५ नम्बर वडा कार्यालयले भोलि बुद्ध जयन्ती रहेकाले वडामा सञ्चालित सबै मासु पसललाई कारोबार नगर्न निर्देशन दिएको छ । 

वडाध्यक्ष सुरेश बहादुर शाहीले मासु व्यवसायीहरुलाई बैशाख २२ गते एक दिन पसल बन्द गर्न सूचनामार्फत् अनुरोध गरेका हुन् ।

टिप्पणीहरू