चीनमा सबवे प्रयोग गर्न हत्केला देखाए पुग्ने

चीनमा सबवे प्रयोग गर्न हत्केला देखाए पुग्ने

चीनको राजधानी बेइजिङमा सबवे प्रयोग गर्ने यात्रुले अब टिकटको सट्टा आफ्नै हत्केला देखाए पुग्ने भएको छ । सबवे प्रयोग गर्नुअघि छिर्न ढोकामा राखिएको स्कानरमा यात्रुले हत्केला देखाए मात्रै हुने नयाँ प्रविधि जडान गरिएको बताइएको छ ।

अब त्यस्ता यात्रुले टिकट देखाउने वा क्युआर कोड स्क्यान गर्न आवश्यकता नपर्ने चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । यो प्रविधि सबवे प्रयोगपछि बाहिर निस्कँदा पनि प्रयोग हुनेछ ।

प्राप्त समाचार नयाँ प्रविधि पहिलो पटक बेइजिङ सबवेको दासिङ विमानस्थल आउजाउ गर्ने एक्सप्रेस लाइनमा प्रयोगमा ल्याइएको जनाइएको छ । यसको निम्ति चीनमा लोकप्रिय वीच्याटबाट सम्बन्धित यात्रुको हत्केलाको परिचय लिइन्छ । यात्रुसँग खल्तीमा पैसा नभएको अवस्थामा र फोनमा ब्याट्रि सकिएको अवस्थामा पनि हत्केला देखाएकै भरमा सबवे प्रयोग गर्न सकिने बेइजिङ महानगरपालिकाले जनाएको छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू