थोत्रा सामानको आकर्षक संग्रहालय

थोत्रा सामानको आकर्षक संग्रहालय स्रोत : सिन्ह्वा ।

थाइल्याण्डमा थोत्रा र प्रयोगविहीन फलामको संग्रहालय बनाइएको छ । आङ थोङमा बनाइएको उक्त संग्रहालय पुगेपछि धेरैले अचम्म मान्ने गरेका छन् ।

मानिसले दैनिक जीवनमा प्रयोग गरेका सामाग्रीको उत्कृष्ट उपयोगबारे चिनियाँ समाचार समिति सिन्ह्वाले पनि जानकारी दिएको छ । उक्त संग्रहालयको नाम अंग्रेजीमा ‘ट्रान्सफरमर म्युजियम’ र थाई भाषामा ‘बान हुन लेक’ राखिएको छ ।

कुनै पनि यान्त्रिक सामानलाई पूर्ण प्रयोगपछि पनि शैक्षिक उद्देश्यले संग्रहालय बनाउन सकिने उद्देश्य राखेपछि भ्रमण गर्नेको संख्या पछिल्ला दिनमा उल्लेख्य बढेको बताइन्छ । ती पूराना कवाड सामानलाई कलाकारले उपयुक्त रंगरोगन गरेर त्यसमा थप आकर्षण थपिदिएका छन् । 

टिप्पणीहरू