नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले आज छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।   

रिट दर्ताको प्रकियामा रहेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो नागरिकता विधयेक प्रमाणीकरण गर्नुभएको थियो । 

 निष्कृय भैसकेको विधेयक क्याविनेटले सिफारिस गर्ने आधार नभएको र पुरानो राष्टिपतिले रोकेको विधयेक प्रमाणीकरण कानुनविपरित भएको तर्क गर्दै अधिवक्ताद्वय भण्डारी र न्यौपानेले रिट हालेका हुन् ।

टिप्पणीहरू