सत्यतथ्य सार्वजनिक गर्न जंङ्गी अड्डा र उपरथी प्रेम शाहीलाई चुनौती

सत्यतथ्य सार्वजनिक गर्न जंङ्गी अड्डा र उपरथी प्रेम शाहीलाई चुनौती

-माधव बस्नेत

हिजोको जनआस्था साप्ताहिकमा ‘सेनाले नेता, न्यायाधीश र पत्रकारको पछि खटाउने हो र सुराकी रु’ शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेश बोकेर जागिरको निरन्तरतामा आएको प्रतिशोधमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सैनिक ऐनको दुरुपयोग गर्दै उपरथी प्रेम शाहीलाई थुनेर गरेको ‘कोर्ट अफ इन्क्वायरी’ मा शाहीले ‘९१९० माधव बस्नेतसँग मेरो परिचय २०५९ देखि नै वहाँले माओवादी छोडेदेखि नै भएको हो । म भैरवनाथको गणपति हुँदाखेरी संस्थागत हिसाबमा उहाँले धेरै सहयोग पनि गर्नु भएको थियो । व्यक्तिगत हिसाबबाट आजसम्म पनि मैले उहाँलाई कुनै पनि लेख पत्रिकामा छाप्न अनुरोध गरेको छैन, गर्ने छैन । तर, उहाँले मलाई माओवादीकालमा संस्थागत हिसाबबाट धेरै नै सहयोग भएको हुँदा २०५९ सालदेखि नै बेला बखत आवश्यक सहयोग गर्दै आएको छु । तर, पत्रिकामा लेख छाप्न लगाउने र गर्ने हालसम्म मेरो नैतिकताले नगरेको व्यहोरा समेत आत्मसात राखेर भन्न सक्छु । उहाँले लेखेका लेख मलाई शेयर गर्नु हुन्छ’ भनेर बयान दिएको भनी प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको हो ।

शाहीले मेरो नाम लिएर कोर्ट अफ इन्क्वायरीमा दिएको भनिएको बयानको मिति र अंश पूर्णतः गलत छ । सर्वोच्च अदालतमा समेत पेस गरिएको शाहीको गलत बयान र मिसिलले मेरो गम्भीर चरित्र हत्या गरेको छ । शाहीले कुन नियत र मनसायले गलत मिति र तथ्य राखेर बयान दिएका हुन् रु वा जंङ्गी अड्डा आफैंले गलत मिसिल खडा गरेको हो रु उनीहरुले स्पष्ट पार्नै पर्छ । प्रधान सेनापति प्रभुराम शर्माको व्यक्तिगत प्रतिशोधलाई गलत नियतबाट पुष्टि गर्न संविधान विपरीत गैर सैनिक नागरिकलाई मुछ्ने र आफ्नो बचाउमा बयान दिने क्रममा गलत तथ्य बताउने, कहने उपरथी प्रेम शाही दुबैले ुनिर्घिणीु शैली अपनाएका छन् ।

प्रभुराम शर्माले गठन गरेको ‘कोर्ट अफ इन्क्यायरी’ मा उपरथी प्रेम शाहीले दिएको भनिएको दुरायशयुक्त बयान जनआस्थामा प्रकाशित भएको जानकारी पाएपछि मैले शाहीलाई सम्पर्क गरी सत्यतथ्य सार्वजनिक गर्न भनिसकेको छु । शाहीले ‘म स्पष्ट पार्छु । मैले बयान दिँदा गलत मिति र तथ्य भन्न पुगेछु । तपाईंले नै स्मरण गराएपछि मात्र मलाई वास्तविकता याद भयो । तपाईका हकमा मैले दिएको बयान सतप्रतिशत गलत हो’ भनेका छन् । तसर्थ उनले किन र कसरी गलत बयान दिए, सत्यतथ्य के हो रु सार्वजनिक गरेनन् भने कानूनी प्रक्रियामा जाने सूचित गर्दछु ।

एउटा गैरसैनिक नागरिकबारे शाहीले ुकोर्ट अफ इन्क्वायरीु मा दिएको बयान, त्यो पनि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य जाँच नगरी जंङ्गी अड्डाले सर्वोच्च अदालतमा किन र के उद्देश्यका लागि मिसिल बनाएर पेस गर्यो रु यसको गहिरो खोजीनीति अवश्य नै हुनेछ ।

यति मात्र होइन, जंङ्गी अड्डाले तथ्य समाचार लेखेकै आधारमा मेरो ९सिडिआर० कल डिटेल रिर्पोट, बैंक खाताहरु हेरेको, मेरा पछाडि सुराकी परिचालन गरेको सूचना पनि मैले प्राप्त गरेको छु । यही सूचनापछि १० बैशाखमा मैले राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपाललाई बोधार्थ दिएर सैनिक जनसम्पर्क निर्देशनालयसँग सूचना माग गरेको थिएँ । सैनिक जनसम्पर्क निर्देशनालयले त्यसको १७ दिनपछि २७ बैशाखमा ‘तपाईंको पत्र सहितको इमेल प्राप्त भयो । तपाईको पत्रमा उल्लेखित मुद्दामा तपाईलाई सरोकारवालाको रूपमा नलिएको ब्यहोरा जानकारी गराइन्छ ।’ भनेर प्रतिउत्तर दिएको थियो ।

हिजो जनआस्थामा प्रकाशित समाचारले नागरिकलाई यथार्थ सूचना दिन संविधानले प्रष्ट पारेको हकविपरीत जंङ्गी अड्डाले संस्थागत झुट बोलेको अर्थात मैले मागेको सूचनाको झुट प्रतिउत्तर दिएकोसमेत पुष्टि भएको छ । व्यक्तिको गोपनीयताको हक विपरीत प्रधान सेनापति प्रभुराम शर्मा एण्ड कम्पनीले कुन कुत्सित नियतले गैरकानूनी काम गरिरहेका छन् रु प्रभुराम शर्मा र उनको कोटरी संविधान, कानूनभन्दा माथि हो रु यसको उपचार खोजिने नै छ ।

प्रधान सेनापति प्रभुराम शर्माको पटक–पटकको आग्रहपछि ११ बैशाखको साँझ ७।४० देखि ८।१० सम्म मैले उनलाई भेटेको थिएँ । प्रधान सेनापति शर्माका प्रतिनिधिका रुपमा नेकपा ९एमाले० का प्रचार विभाग सदस्य रोशनबहादुर खड्कालेएक पटक भेटेर र एक दर्जन पटकभन्दा बढी फोन र एसएमएस गरेपछि म त्यसदिन प्रभुराम शर्मालाई भेट्न उनको सरकारी निवास झम्सिखेल पुगेको थिएँ । त्यो भेटमा पनि मैले तथ्यगत समाचार लेख्दा मेरा सिडिआर, बैंक खाता किन चेक गरेको रु मेरा पछि सुराकी किन छाडेको भनेर पटक—पटक प्रश्न सोधेको थिएँ । उनले मेरा प्रश्नै पिच्छे प्रधान सेनापति शर्माले ‘होइन हजुर । होइन हजुर’ भनेका थिए । जनआस्थाको समाचारबाट प्रधान सेनापति शर्माले समेत झुट उत्तर दिएको प्रमाणित भएको छ । उपरथी शाहीसँग जोडेर प्रधान सेनापति प्रभुराम शर्माले म र नेपालमुहार डटकममाथि कतिसम्म षडयन्त्रको प्रयास गरे, यसको फेहरिस्त उजागर गरिने छ ।

यस्तो हो यथार्थ

पहिलो, मैले माओवादी २०५९ सालमा होइन, २०६१ सालको अन्तिममा परित्याग गरेको हुँ । माओवादी परित्याग गरे लगत्तै हिमाल खबरपत्रिका, १–१५ बैशाख २०६२ मा “यसर्थ मैले माओवादी छोडेँ” शीर्षकमा टिप्पणी लेखेको छु । यस लगत्तै जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई तत्कालीन कार्यालय डिल्लीबजार ओरालोमा पुगेर भेटेको थिएँ । त्यसबेला किशोर दाजुलाई नभेटेको भए सायद म व्यावसायिक पत्रकारितातिर पक्कै जम्ने थिइन । तसर्थ मलाई व्यावसायिक पत्रकारितामा पुनः जोड्ने किशोर दाईप्रति मेरो उच्च सम्मान छ । तथापि सार्वजनिक जीवन बिताइरहेको व्यक्तिसँग जोडिएका यस्ता गम्भीर लान्छना लगाइएका समाचार लेख्दा सम्बन्धित पात्रलाई सोध्नु पत्रकारिताको धर्म हो । माओवादीका राम्रारनराम्रा पक्ष पत्रपत्रिकामा लेख्ने बाहेक उनीहरुविरुद्धमैले कोही कसैलाई सहयोग पुर्याए, पुर्याइन रु एक चस्मदिद पात्र किशोर दाजु स्वयं पनि हुनु भएकोले मसँग एक शब्द पनि नसोधी समाचार प्रकाशित गरेकोमा पीडित भएको छु ।

हिमाल खबरपत्रिकामा लेख लेखेर जनआस्थामा किशोर दाईलाई भेटेपछि मैले मेरो जीवन रक्षाका लागि इन्सेक ९अनौपचारिक क्षेत्र सेवा केन्द्र० का तत्कालीन अध्यक्ष श्रद्धेय सुबोधराज प्याकुरेलमार्फत राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन सदस्य शुशील प्याकुरेललाई भेटेको थिएँ । त्यसबेला मलाई मेरै गाउँका भाइ रमेश कार्कीले सुबोधराज प्याकुरेललाई भेटाई दिएका थिए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य शुशील प्याकुरेललाई भेटेपछि उहाँले मेरो जीवन रक्षाका लागि तत्कालीन शाही नेपाली सेनाको मानवअधिकार हेर्ने बिएकुमार शर्मा र नेपाल प्रहरीको पनि कुनै उच्च अधिकारीलाई फोन गरिदिनु भएको थियो । यसपछि म आफू अलि सुरक्षित भएको टुङ्गोमा पुगेको थिएँ ।

त्यसबेला मेरो जीवन यति जोखिममा थियो कि शाही नेपाली सेनाले सल्लेरीको ब्यारेक हलको भित्तामा फोटो नै टाँसेर टाउकोको मूल्य तोकेको सूचना थियो भने जनयुद्ध परित्याग गरेपछि माओवादीले पनि आफ्नो एफएममार्फत मेरो मूल्य ५० हजार तोकेको थियो । माओवादीले मेरो मूल्य तोक्नुको खास कारण थियो, ुयोसँग धेरै सूचना छ । ठूलो क्षति पुर्याई दिन सक्छ ।ु तर, मेरो सोंच माओवादीले सोचे जस्तो घटिया थिएन ।

शाही नेपाली सेना र माओवादी दुवै जोखिमबाट जोगिन मैले भाइ रमेश कार्की हुँदै श्रद्धेय सुबोधराज प्याकुरेल, शुशील प्याकुरेलको सहयोग पाएको थिए । यसर्थ उहाँहरुप्रति म आभारी छु । यी तथ्यहरु कुनै दिन पुस्तकका रुपमा लिपिवद्ध हुने नै छन् । मैले आफ्नो छाला जोगाउनका लागि कुनै सेना र प्रहरीको अड्डामा पुगेर कुनै पनि अग्रज र सहकर्मीलाई पक्राउने, क्षति गर्ने, चिहानमा पुर्याउने काम गरेको छैन । किनभने म त्यस्तो सोच्त पनि सक्तिनथिएँ । माओवादी ‘जनयुद्ध’ राजनीतिक इच्छा शक्ति बोकेको आन्दोलन हो भन्नेमा स्पष्ट थिएँ । त्यहाँ गलत प्रवृतिको बढोत्तरी भइरहेकोले मात्र म बाहिरिएको थिएँ । अहिले भने माओवादी आन्दोलन गिरोहमा रुपान्तरित भएर निश्चित समूहको कमाइ खाने भाँडोमा बदलिइसकेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर एक हदसम्म सुरक्षित भएको केही समयपछि एउटा परिबन्दमा परेर धेरथोर नाताभित्र पर्ने ओखलढुङ्गा पाखेका तत्कालीन लेफ्टिनेन्ट कर्णेल बाबुकृष्ण कार्कीलाई भेट्न बाध्य भएको थिएँ । उनै कार्कीले आफ्ना सहकर्मी अर्का कर्णेल अर्थात प्रेम शाहीलाई भेटाएका थिए । त्यो भेटमा चतुर स्वभावका कार्कीले मसँग माओवादीका सूचना धुत्न फकाउने, धम्क्याउने प्रयास गरेका थिए भने त्यति धेरै नबोल्ने, घुसघुसे शैलीका शाहीले सूचना दिनुस्, सहयोग गर्नुस् भनेर कुनै दबाब दिएका थिएनन् ।

मैले उनीहरुसँग प्रष्ट शब्दमा ‘म माओवादी आन्दोलनसँग असहमत भएर परित्याग गरिसकेको पात्र हुँ । म आफ्नो छाला जोगाउन कसैको चिहान खन्न तयार छैन । म आफू असहमत भएर परित्याग गरे पनि त्यो परिवर्तनको राजनीतिक आन्दोलन हो । परिवर्तनको आन्दोलनलाई बन्दुकले मात्र दबाउन सकिदैन । म यहाँहरुलाई कुनै सहयोग गर्न सक्तिन’ भनेको थिएँ । यदि उनीहरुसँग सत्यनिष्ठा छ भने अहिले पनि स्मरण गर्दा हुन् । ओकल्दा हुन् ।उनीहरु मेरो प्रस्तुतिबाट पक्कै सन्तुष्ट थिएनन् भावभङ्गीबाट त्यो बुझिन्थ्यो । तर, माओवादी छाडिसकेको, मानवअधिकार आयोग हुँदै सैनिक मुख्यालयमा त्यसको जानकारी पुगिसकेको कारण धेरै दबाब दिन पनि सकेनन् ।

यसपछि भने शाहीले मलाई बेला बखत महाराजगञ्जमा भेट्न बोलाउँथे । चिया, कफी पिउँदै माओवादी सशस्त्र आन्दोलन, देशको राजनीतिक, आर्थिक अवस्थाबारे लामै छलफल, बहस, टिप्पणी हुन्थ्यो । मैले गरेका टिप्पणीमा शाही गहिरो चासो राख्थे । यस्तो कुराकानी कहिलेकाहिँ बाबुकृष्ण कार्कीसँग पनि हुन्थ्यो । अघिल्लो पटक मैले गरेको टिप्पणी पछिल्लो भेटमा मिलिराखेको पनि हुन्थ्यो । शाहीले त्यही छलफल, बहस, टिप्पणीलाई सहयोग भनेका हुन् भने उनै जानुन्, त्यसबाहेक मेरो सहयोगले उनी र उनको संस्थाले एक जना माओवादी कार्यकर्ता पक्राउ गरेको छैन । सँगै बसेर छलफल गर्दा चिया, कफी ख्वाउने बाहेक मलाई कुनै—केही सहयोग गरेका छैनन् । छन् भने मेरो सहयोगको कारण तत्कालीन कर्णेल शाही र सेनाले कहाँ–कहाँ कहिले–कहिले कुन–कुन माओवादी पक्राउ गरेरपरे तथा क्षती पुर्याए रु त्यसको विवरण तथा आर्थिक सहयोग गरेका छन् भने त्यो तथ्य समेत सार्वजजिक गर्न म जंङ्गी अड्डा र उपरथी शाहीलाई चुनौती दिन्छु ।
 

टिप्पणीहरू