राति खुल्ने, उज्यालोपछि बन्द हुने राजधानीको सडक

राति खुल्ने, उज्यालोपछि बन्द हुने राजधानीको सडक

जोरपाटीबाट साँखु जाने सडक हिजो दिनभर बन्द रह्यो । तीन दिनदेखि उक्त सडकको नारायणटार पुल नजिकैको दक्षिण ढोका क्षेत्रमा सडक अवरुद्ध हुँदै आएको छ ।

हिजो बिहानदेखि साँझसम्म स्थानीयले सडक बन्द गराएका हुन् । सडक निर्माणमा ढिलाई गरेको विरोधमा स्थानीयले सडक बन्दको कार्यक्रम राखेका हुन् ।

हिजो बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म बन्द भएको सडक त्यसपछि खुलेको हो । आज फेरि बिहान ७ बजेदेखि सोही खण्डमा सडक अवरुद्धको कार्यक्रम राखिएको छ ।

ठेकेदारले निर्माण सामग्री नझारेसम्म सडक नखोल्ने अडान स्थानीयको छ । प्रहरी वृत्त, बौद्धले सडक खुलाउन पहल गर्दा पनि स्थानीयले नमानेका हुन् । प्रहरी वृत्त, बौद्ध, स्थानीय र ठेकेदार सुबित श्रेष्ठलगायत पाँच दर्जनको उपस्थितिमा माकलबारी पुलनजिकै पछिल्लो तीनदेखि दिनदेखि सडक निर्माण तत्काल सकाउने विषयमा छलफल हुँदै आएको बताइन्छ ।

हिजो बिहान बसेको बैठकमा ठेकेदार श्रेष्ठले पर्सिबाट काम थाल्ने मौखिक सहमति जनाएका थिए । तर विगतमाझैं आफूहरुलाई आश्वासन मात्रै दिइएको आरोप लगाउँदै स्थानीयले सामान नझारेसम्म सडक नखुलाउने ढिपी कसेका हुन् ।

टिप्पणीहरू