युक्रेनका समर्थक भ्याटिकन सिटीमा नाङ्गिए

युक्रेनका समर्थक भ्याटिकन सिटीमा नाङ्गिए

रुस–युक्रेन युद्ध जारी रहेको बखत एउटा अनौठो विरोध प्रर्दशन भएको छ । एक युक्रेनी समर्थक रुसविरुद्ध भ्याटिकन सिटीमा  नाङ्गै हिँडेका हुन् । 

ति व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेको बताइएको छ । उनी सो क्रममा चर्चको मुख्य वेदीमा लुगा बिना नै उभिएका थिए । ‘उक्त व्यक्तिको पछाडि युक्रेनका बालबालिकालाई बचाउन माग गर्दै नारा लेखिएको थियो’ त्यहाँस्थित तैनाथ सुरक्षाकर्मीले रोयर्टसलाई भने ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो घटना बिहीबार दिउँसो चर्च बन्द हुनुअघि भएको हो । त्यहाँस्थित स्रोतले भनेअनुसार प्रदर्शनकारीले आफ्नो शरीरलाई नङले कुँजाएका थिए । 

 प्रदर्शन गर्ने व्यक्तिलाई भ्याटिकनका गार्डले प्रहरीलाई जिम्मा लगाएका थिए । यद्यपि उक्त व्यक्तिको परिचय भने खुलाइएको छैन ।

टिप्पणीहरू