व्यवसाय चौपट्ट भएको भन्दै घरभाडा नबढाउन व्यवसायीहरुको आग्रह

व्यवसाय चौपट्ट भएको भन्दै घरभाडा नबढाउन व्यवसायीहरुको आग्रह

उद्योग वाणिज्य संघ चितवनले व्यापारिक केन्द्रको घर भाडा नबढाउन र सकेसम्म छुट दिन अपिल गरेको छ । मुलुकमा उत्पन्न चरम आर्थिक मन्दीका कारण व्यापार-व्यवसाय चौपट्ट भएको भन्दै संघले सबै घरधनीहरुलाई यस्तो अपिल गरेको हो । कोभिड–१९ पश्चात् सिर्जित अवस्था एंव बैंक तथा वित्तिय संस्थाहरुले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी ठूलो  ठुलो मारमा परेको संघले जनाएको छ । 

संघका अध्यक्ष चुननारायण श्रेष्ठका अनुसार चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर, सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरुले घरबहाल भुक्तान गर्न सकेका छैनन् । 

‘चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर, सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरुले घरबहाल समेत भुक्तान गर्न नसकेको अवस्था छ भने अर्कोतर्फ घरबहाल समयमा नपाउँदा घरबहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारो परेको संघले महसुस गरेको छ,’ अपिलमा भनिएको छ । 

यस्तो परिस्थितिमा घरबहालमा लिने र दिने दुवैपक्ष आपसी समझदारीमा रहि परिस्थितिको सामाना गर्नुपर्ने उल्लेख गर्दै संघले घर भाडामा केही प्रतिशत छुट दिन घरधनीहरुलाई आग्रह गरेको हो । 

त्यस्तै, सम्झौता बमोजिम यसवर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीलाई यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न पनि संघको अनुरोध छ ।

टिप्पणीहरू