गण्डकीमा पनि गाँजाकै कुरो

गण्डकीमा पनि गाँजाकै कुरो

संघीय सरकारलेझैँ गण्डकी प्रदेश सरकारले पनि गाँजा खेतीको कुरो अघि सारेको छ । आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा सोबारे उल्लखे गरिएको हो । 

गण्डकी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने बताउनुभएको छ । 

गण्डकी प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्ययी बनाउने, चालु खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको छ । 

नीति तथा कार्यक्रममा १० वर्ष मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षण निःशुल्क हुने बताइएको छ । 

अघिल्लो सरकारको अभियान ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिने र ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ पनि कार्यान्वयन गरिने प्रदेश प्रमुखले उल्लेख गरेका छन् । नीतिमा प्रदेशभित्रका पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम पनि राखिएको छ ।

टिप्पणीहरू