राजधानीमा चिनियाँ वसन्त चाडको रौनक

राजधानीमा चिनियाँ वसन्त चाडको रौनक
सुन्नुहोस्

चिनियाँहरुको परम्परागत नयाँ वर्ष वसन्त चाडको अवसरमा आज पनि राजधानी काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । 

यसक्रममा ‘ह्याप्पी चाइनिज न्यु एअर’ शीर्षकअन्तर्गत साँगहाईको कला प्रदर्शनी हुँदै छ । नेपाल ललितकला एकेडेमीको अरनिको ग्यालरीमा दिउँसो ३ बजेदेखि शुरु हुने प्रदर्शनी आगामी शुक्रबारसम्म चल्ने छ । 

प्रदर्शनीमा साँगहाईको ऐतिहासिक संग्रहालयका ६० वटा पुराना कला राखिएको छ जसमा ‘न्यु एअर ग्रिटिङ्स, कोर्ट लेडिज,करेन्ट अफेयर्स एण्ड लोकल कस्टम्स र अपेरा स्टोरिज’ गरेर चार वटा शीर्षक छुट्याइएको छ । ती कलाले १९ औं शताब्दीको अन्ततिरको साँगहाईको स्वरुपलाई झल्काउने छ ।

कार्यक्रममा भूतपूर्व उपप्रधान तथा पररास्ट्रमन्त्री एवम् काँग्रेस नेतृ सुजाता कोइराला, चिनियाँ दूतावासका उपनियोग प्रमुख वाङ सिन,साँगहाई नगरपालिकाको संस्कृति तथा पर्यटन ब्यूरोका निर्देशक चौ छि ह्वालगायतको उपस्थिति रहने बुझिएको छ ।

 

टिप्पणीहरू