घुँडामुनि गोली, मुटु केन्द्रमा उपचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली प्रहार गरिएका लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालभित्रको मनमोहन कार्डियोथोरासिकमा उपचार गरिएको छ ।
विमानस्थल बाहिर लागुऔषध बोकेर हिँडेका भारतीय नागरिक हेमन्तकुमारलाई प्रहरीले गोली प्रहार गरेको थियो । ३२ वर्षीय हेमन्तलाई खैरो हिरोइन बोेकेर हिँडेको अवस्थामा नियन्त्रणमा लिने क्रममा प्रहरीको लागूऔषध ब्युरो टोलीले घुँडामुनि गोली चलाएर नियन्त्रणमा लिएको बताइएको छ ।
त्यसपछि उनलाई उपचारको निम्ति नजिकैको केएमसी अस्पताल पुर्याइएको थियो । त्यसपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टर महाराजगञ्जको आकस्मिक कक्षको बेड नम्बर ३ मा राखेर उपचार गरिएको हो ।
टिप्पणीहरू