सर्वोच्च अदालत नजिकै युवकद्वारा आत्मदाह प्रयास

सर्वोच्च अदालत नजिकै युवकद्वारा आत्मदाह प्रयास

काठमाडौँको माइतीघर मण्डलामा एक युवकले आज शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । नागरिकता माग गर्दै आएका उनले आज आत्मदाहको प्रयास गरेका हुन् । 

मोरङको कटहरी घर भएका निरजकुमार कामतले आज नागरिकताको माग गर्दै आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारको निम्ति राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । 

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ । सोही क्रममा निरजले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

टिप्पणीहरू