स्रोत नखुलेको लाखौं रुपैयाँ सशस्त्रको कब्जामा
सशस्त्र प्रहरी बल नेपालले स्रोत नखुलेको १५ लाख रुपैयाँ बरामद गरेको छ । बाराको विश्रामपुर गाउँपालिका १, खेखरिया नाकाबाट उक्त रकमसहित एक जना भारतीय पक्राउ परेको बताइएको छ ।
बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका राम निवासप्रसाद यादवको साथमा स्रोत नखुलको १५ लाख फेला परेको हो ।
यादव, रकम र उनी सवार मोटरसाइकललाई विओपी बरैनियाले नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाइएको छ ।
टिप्पणीहरू