प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ शुरू, भाेलि पनि हुने
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्ताव गरिनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ । उहाँको सुनुवाइ सिंहदरबारस्थित संसद सचिवालयको संसदीय समिति कार्यालयमा भएको हो ।
समितिको बैठकमा कायममुकायम प्रधानन्यायाधीश कार्की पुगेपछि झण्डै ३० मीनेट ढिलो सुनुवाइ शुरु भएको बताइन्छ । बैठक आज बिहान ८ बजे बोलाइएको थियो ।
हिजो उहाँविरुद्ध उजुरी दिएकाहरुसँग समितिका सदस्यले छलफल गरेका थिए । आज उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने र भोलिको बैठकमा आफुविरुद्ध लागेको आरोपको जवाफ दिने कार्यक्रम राखिएको छ ।
पछिल्लो आठ महिनादेखि कायममुकायम प्रधानन्यायाधीश रहनुभएका कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।
टिप्पणीहरू