अमेरिकामा प्रख्यात शताब्दी पुरानो चिनियाँ रेष्टुरेण्ट
संयुक्त राज्य अमेरिकाको बुट्टे, मोन्टानामा चिनियाँ परिवारले सञ्चालन गरेको एउटा पूरानो नुडल रेष्टुरेण्ट छ । एक सय १४ वर्षअघि खुलेको ‘पेकिङ नुडल पार्लर’ अमेरिकामा निकै चर्चित छ । सन् १९०९ देखि सञ्चालनमा आएको रेष्टुरेण्टमा स्थानीयको भीड लाग्ने गरेको छ ।
सबैभन्दा पुरानो परिवारको स्वामित्वमा सञ्चालित चिनियाँ रेष्टुरेण्टबारे अमेरिकामा थोरैलाई मात्र जानकारी नहोला । ‘मदर्स डे’ मा सबैले आफ्नी आमालाई त्यहिँबाट उपहार लैजाने र मगाउने गरेका छन् । सो दिन रेष्टुरेण्टमा विशेष परिकार पाइन्छ ।
धेरैलाई मनपर्ने बार्बेक्यु पोर्क र फ्राइड वोन्टन त्यहाँको चर्चित मेन्यु हो । त्यसैगरी बदाम चिकेन र पोर्क फ्राइड राइसले बिदाको दिनलाई विशेष बनाउने गरेको छ । एक शताब्दीभन्दा अगाडि खुलेको रेष्टुरेष्टले दुई वटा महामारी, दुई वटा विश्वयुद्धलगायत धेरै वटा उतारचढाव भोगिसकेको छ ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि उनीहरुले रेष्टुरेण्ट बन्द गरेका छैनन् । ग्राहकलाई आफ्नो सेवा पस्किन पेकिङ सँधै आतुर रहेको देखिन्छ । ‘म यहाँ जन्मिएकी हुँ । यो रेष्टुरण्ट हजुरबुवाको पालादेखि चालु छ । पारिवारिक व्यवसाय भएकाले जस्तोसुकै अवस्थामा पनि बन्द हुँदैन,’ रेष्टुरेष्टका सञ्चालक जेरी ट्यामले भने ।
रेष्टुरेण्ट बाहिरबाट हेर्दा निकै पुरानो देखिन्छ । भवन पुरानो भएपनि त्यहाँ पाइने खानेकुरा निकै मिठो हुन्छ । अण्डा र कुखुराको खुट्टाको रोलका लागि त्यहाँ ग्राहकहरुको घुईंचो लाग्ने गर्दछ । राष्ट्रियस्तरका पत्रपत्रिका, टेलिभिजनका बिहानका समाचारमा रेष्टुरेण्टको नाम आइरहन्छ । जेम्स बियर्ड फाउन्डेशनले यो वर्ष रेष्टुरेण्टलाई ‘अमेरिका क्लासिक्स’ पुरस्कारले सम्मान गरेको छ ।
यो रेष्टुरेण्टको कथा निकै रोचक रहेको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन् । ट्यामका हजुरबुवा ट्यामक्वाङ यीले रेष्टुरेन्ट खोलेका हुन् । त्यतिबेला बुट्टेको सुन खानीहरुको आशाजनक सम्पत्तिले विभिन्न जनसमुदायलाई आकर्षित बनाएको थियो । पहिले बुट्टे सानो ठाउँ थियो । ट्यामक्वाङले त्यहाँ एउटै छतमुनि चिनियाँ लुगा धुने, मसला आयात र निर्यात गर्ने व्यवसाय थाले ।
ट्यामका बुवा ड्यानी वोङ १४ वर्षको उमेरमा चीनबाट अमेरिका पुगेका थिए । उनले पेकिङमा भाँडा माझ्ने काम गरे । वोङले रेष्टुरेण्टको व्यवस्थापनको जिम्मा लिए र पछि उनले आफैंले रेष्टुरेण्ट खरिद गरेका हुन् । अमेरिकामा एउटा व्यवसाय नगरी छोराछोरी पढाउन र खान लाउन नपुग्ने भएपछि उनले रेष्टुरेण्ट व्यवसायमा हात हालेका थिए ।
त्यसपछि वोङले आफ्नो व्यवसायलाई बिस्तार गरे । कर्मचारीहरु भर्ना गरे । सन् २००९ मा उनको आमालाई स्ट्रोक भयो । उनका सबै छोराछोरी अध्ययनको क्रममा शहर बाहिर थिए । पाँचमध्ये कान्छी छोरीलाई बोलाए । त्यसपछि न्यूयोर्कमा आफ्नो पसल बन्द गरे र पश्चिमतिर लागे । उनले त्यहाँ पनि फेरि उही काम शुरु गरे । भाँडा माझ्ने, सफा गर्ने काम गर्दै आएका उनले स्वास्थ्य मन्त्रालयसँग जोडिएर काम गर्ने मौका पाए ।
उनी र उनका भाइबहिनीले मिलेर आफ्नो सबै शिक्षालाई व्यवसायमा लगानी गरे । जसले गर्दा व्यवसाय झन् उचाइमा पुग्यो । उनीहरुलाई एक कदम अगाडि बढ्ने हौसला प्राप्त भयो । तर, त्यतिबेला कोही पनि रेष्टुरेष्टमा काम गर्न तयार हुँदैनथे । त्यसैले उनले पारिवारिक व्यवसायमा फर्किने निर्णय गरेका हुन् ।
उनले पनि परिवारभन्दा ठूलो केही होइन भन्ने बुझिसकेका थिए । सन् २०१४ मा उनको आमाको मृत्यु भयो । वोङको सन् २०२० मा मृत्यु भयो तर उनको आत्मा अझैपनि पेकिङमा जीवित रहेको परिवारका सदस्यहरुको विश्वास छ । कुनै समय सामानको बिल तिर्न नसकेका ट्यामले अहिले लाखौं आम्दानी गरिरहेका छन् । ‘पारिवारिक स्वामित्वको व्यवसाय हुनु भनेको परीक्षा र कष्टहरु साझा गर्न सक्षम हुनु हो’, उनी भन्छन् । ग्राहकहरुले सँधै आफ्नो रेष्टुरेष्ट सम्झिरहने उनको विश्वास छ ।
(न्युयोर्क टाइम्समा प्रकाशित समाचार विवरणमा आधारित)
टिप्पणीहरू