दिउँसो कोशीमा, राति बागमतीलगायत प्रदेशमा ठूलो वर्षाको सम्भावना

दिउँसो कोशीमा, राति बागमतीलगायत प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज दिउँसो कोशी प्रदेशमा र राति बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ । कोशीका केही जिल्लामा बिहानदेखि वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कर्णाली र सुदूर पश्चिममा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताइन्छ । 

भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ ।

टिप्पणीहरू