बालेनविरुद्धको मुद्दा आज पनि हेरिएन

बालेनविरुद्धको मुद्दा आज पनि हेरिएन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा परेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएकोमा मुद्दा हेर्न नभ्याइनेमा परेको हो । यसअघि हिजो पनि न्यायाधीश ढुंगानाकै इजलासमा समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो । 

विवादास्पद संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने आफ्नो निर्णयविरुद्ध उच्च अदालत पाटनले दिएको अन्तरिम आदेश अवज्ञा गर्ने बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिर गर्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार रिट हालेकी थिइन् । बालेनलाई अवहेलना मुद्दा चलाउन माग गरिएको सो रिट पेसी चढेर पनि दुई दिन लगालग हेर्न नभ्याउनेमा परेको हो ।
 

टिप्पणीहरू