असार मसान्तभित्र अनुमति नलिए मधेशका स्वास्थ्य संस्था कारवाहीमा पर्ने

असार मसान्तभित्र अनुमति नलिए मधेशका स्वास्थ्य संस्था कारवाहीमा पर्ने

मधेश सरकारले प्रदेशका सबै निजी स्वास्थ्य संस्थालाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिन निर्देशनयुक्त चेतावनी दिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयले कुनै निकायबाट स्वीकृत नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गरी यही असार मसान्तभित्र अनिवार्य अनुमति लिन निर्देशन दिएको हो । अन्यथा, त्यस्ता स्वास्थ्य संस्थालाई कानूनबमोजिम कारबाही गरिने निर्देशनालयको चेतावनी छ ।

‘मधेश प्रदेशका विभिन्न पालिका जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरु (निजी अस्पताल, क्लिनिक, डाइगनोस्टिक सेन्टर) लाई २०८० असार मसान्तभित्र अनिवार्य यस निर्देशनालयमा सूचिकृत गराउनुहुन अनुरोध छ,’ निर्देशनालयको सूचनमा भनिएको छ, ‘कुनै निकायबाट स्वीकृत नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गरी यही असार मसान्तभित्र अनिवार्य अनुमति लिनका साथै सो अवधिभित्र अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई कानूनबमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ ।’

योसँगै निर्देशनालयले सूचिकृतको लागि कार्यालयमा आएर वा इमेलमार्फत डकुमेन्ट पठाउन पनि अनुरोध गरेको छ ।

टिप्पणीहरू