सरकारी निम्तोमा पाँच किशोरी अमेरिका भ्रमणमा जाँदै
अमेरिकी सरकारको निम्तोमा पाँच जना किशोरीले अमेरिका भ्रमण गर्ने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले स्पोर्टस भिजिटर प्रोगामअन्तर्गत नेपाली किशोरीहरु अमेरिका जान लागेका हुन् ।
मुलुकभरबाट पाँच जना किशोरीलाई खेलकुद आदानप्रदान कार्यक्रममा छनौट गरिएको दूतावासले जनाएको छ । अमेरिकी खेलकुद आदानप्रदान प्रोग्रामअन्तर्गत सम्झना जैसी, सरु तामाङ, अश्विना न्यौपाने, शुभलक्ष्मी यादव र पार्वतीकुमारी राई छनौट भएका हुन् ।
अमेरिकी कार्यक्रममा छनौट भएपछि उनीहरुले भाग्मानी ठान्दै अमेरिकाबाट केही सिक्ने अवसर प्राप्त हुने प्रतिक्रिया दिएका छन् ।
टिप्पणीहरू