चिनियाँ चिकित्सक टोली काठमाडौंमा, तिब्बती पाहुना भैरहवाबाट पोखरा
चितवनको भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर हस्पिटलको निम्ति चीनबाट चिकित्सकहरुको नयाँ टोली आएको छ । डेढ दर्जनको संख्यामा रहेका विशेषज्ञ चिकित्सकअरु छन्तुबाट काठमाडौं आइपुगेको बताइएको छ ।
डा. चाओ कुइमिनको नेतृत्वमा १८ जना डाक्टरहरु एअर चाइनाको उडान नम्बर सीए ४३७ मा बिहान साढे ११ बजे काठमाडौं विमानस्थलमा ओर्लिएका हुन् । उनीहरु भरतपुर जानेछन् । चीनको सहयोगमा बनेको उक्त अस्पतालमा चिनियाँ विशेषज्ञहरुले पालैपालो सेवा दिने गरेका छन् ।
नेपाल भ्रमणमा चीनको स्वायत्त प्रदेश तिब्बतको जनकाँग्रेस प्रतिनिधिमण्डल आज पोखरा पुगेको छ । तिब्बत स्वायत्त प्रदेश जनकाँग्रेसका पाँज जनाको प्रतिनिधिमण्डल लुम्बिनीको भ्रमणपछि भैरहवाबाट विमानमा पोखरा गएको हो ।
प्रतिनिधिमण्डल बुद्ध एअरको उडानमा दिउँसो पौने २ बजे पोखरा पुगेको बताइएको छ । प्रतिनिधिमण्डलमा चियाङ पाई, याओछिङ वेई, मु लिन, लुओसाङ निमा र तान्चेङलुङ चु छन् ।
टिप्पणीहरू