पटक पटक समानुपातिक सांसद हुन नपाइने कानुनको तर्जुमा गरिँदै

पटक पटक समानुपातिक सांसद हुन नपाइने कानुनको तर्जुमा गरिँदै

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी समानुपातिक सांसद हुन नपाउने कानूनी व्यवस्थाको प्रस्ताव गरेको छ ।  

आयोगको आज बसेको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन निर्वाचनसम्बन्धी कानूनमा परिमार्जन गरेर ‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेश गर्ने निर्णय गर्दै यस्तो प्रस्ताव गरेको हो । 

साथै, संघीय संसद, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने नयाँ व्यवस्थाको लागि पनि आयोगले प्रस्ताव गरेको छ । 

आयोगले प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको निम्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने, नो भोटको व्यवस्था र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारलगायत नयाँ व्यवस्थाको प्रस्ताव गरेको छ ।
 

टिप्पणीहरू