खुल्ला आकाशमा उड्ने हुचिललाई समात्यो कसले ?
धादिङमा प्रहरीले दुई वटा हुचिल फेला पारेको छ । गंगा जमुना गाउँपालिका ६, बसेरी, कुँवापानीमा ती हुचिलको उद्धार गरिएको छ ।
प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले एक एक किलोग्रामको दुई वटा हुचिल फेला पारेको हो । दुर्लभ तथा संरक्षित पंक्षीको रुपमा रहेको हुचिललाई डिभिजन वन कार्यालय, धादिङमा बुझाइएको जानकारी दिइएको छ ।
टिप्पणीहरू